सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ९९ हजार तीन सयमा कारोबार-Sutra News

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ९९ हजार तीन सयमा कारोबार

शुक्रबार, १६ साउन २०७७

शुक्रबार, १६ साउन २०७७

काठमाडौं– सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेर ९९ हजार तीन सय कायम भएको हो ।



विहीबार सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला तीन सय रुपैयाँले नै बढेर ९८ हजार ८६५ रुपैयाँ पुगेको छ । विहीबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५६० रुपैयाँ रहेको थियो ।

चाँदीको मूल्य भने घटेको छ । चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १२ सय रुपैयाँले कायम भएको छ । चाँदीको मूल्य बिहीबार प्रतितोला १२ सय २५ रुपैयाँ कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट