सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ९९ हजारमा कारोबार-Sutra News

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ९९ हजारमा कारोबार

बिहिबार, १५ साउन २०७७

बिहिबार, १५ साउन २०७७

काठमाडौं–छापावाल सुनको मूल्य तोलाको ९९ हजार पुगेको छ । हिजो बुधबार ९८ हजार पाँच सय रहेको सुनको मूल्य आज विहीबार पाँच सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार पुगेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । नेपालमा सुनको भाउ केही समय अझै उकालो लाग्न सक्छ ।

विश्व कोरोना भाइरसको संक्रमणका कारण आक्रान्त भएका बेला अर्थतन्त्र संकुचन भएको छ। यो अवस्थामा लगानीको वातावरण नहुँदा अन्तर्राष्ट्रिय बजारमा दिनहुँ सुनको भाउ उकालो लागिरहेको छ।

सुनको मूल्य बढे पनि बिहीबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला १२२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट