भारतमा कोरोना संक्रमित संख्या उच्च, एकैदिन थपिए ४९ हजारभन्दा बढी संक्रमित-Sutra News

भारतमा कोरोना संक्रमित संख्या उच्च, एकैदिन थपिए ४९ हजारभन्दा बढी संक्रमित

बुधबार, १४ साउन २०७७

बुधबार, १४ साउन २०७७

काठमाडौं–भारतमा एकैदिन ३ हजार बढी कोरोना संक्रमित थपिएका छन् । सोमबार सर्वाधिक ५० हजारभन्दा बढीमा संक्रमण देखिएको भारतमा मंगलबार ४६ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको थियो ।



बुधबार फेरि कोरोना संक्रमितको संख्या ३ हजारले बढेर ४९ हजार ६३२ पुगेको हो । योसँगै भारतमा कुल संक्रमित संख्या १५ लाख ३२ हजार १३५ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो ।

संक्रमितमध्ये अहिलेसम्म ९ लाख ८८ हजार ७७० संक्रमणमुक्त भएका छन् भने ५ लाख ९ हजार १४१ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७७६ जनाको मृत्यु भएपछि बुधबार बिहानसम्म ज्यान गुमाउनेको ३४ हजार २२४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट