खुमलटारमा पूर्वमाओवादी पक्षधरहरुको बैठक, गृहमन्त्री थापा, उद्योगमन्त्री भट्ट र जनार्दन शर्मा अनुपस्थित-Sutra News

खुमलटारमा पूर्वमाओवादी पक्षधरहरुको बैठक, गृहमन्त्री थापा, उद्योगमन्त्री भट्ट र जनार्दन शर्मा अनुपस्थित

सोमबार, ५ साउन २०७७

सोमबार, ५ साउन २०७७

काठमाडौँ- सत्तारुढ नेकपाका पूर्व माओवादी पक्षका स्थायी समिति सदस्यहरुको बैठक अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को खुमलटारस्थित निवासमा सुरु भएको छ।



पछिल्लो समय देखिएको अध्यक्ष प्रचण्ड–माधव नेपाल समूहलाई विभाजन गर्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एकपछि अर्काे प्रस्ताव ल्याउन थालेपछि आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न पूर्व माओवादी पक्षधर स्थायी समिति सदस्यहरुको प्रचण्ड निवासमा छलफल सुरु भएको हो।

विहान सवा नौ बजेदेखि सुरु भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट र जनार्दन शर्मा भने उपस्थित छैनन्। ४५ सदस्यीय नेकपा स्थायी समितिमा पूर्व माओवादी पक्षका १९ जना छन् भने बाँकी पूर्व एमाले पक्षका २४ जना छन्।

केपी शर्मा ओलीलाई प्रधानमन्त्री वा अध्यक्ष पदबाट हटाउने र पार्टीमा ‘एक व्यक्ति एक जिम्मेवारी’ को नीति लागू गराउन पछिल्लो समय प्रचण्ड–नेपाल समूहबीच समीकरण बनेको छ। यो समीकरण तोड्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पछिल्लो समय मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव सचिवालय बैठकमा पेस गरेका छन्।

आफूहरुबीचको समीकरण तोड्न प्रम ओलीले ओलीले यो प्रस्ताव पेश गरेको प्रचण्ड–नेपाल पक्षको बुझाई छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट