सुवर्ण ज्वारचनले लिइन् प्रतिनिधिसभा सदस्यको सपथ-Sutra News

सुवर्ण ज्वारचनले लिइन् प्रतिनिधिसभा सदस्यको सपथ

आइतबार, ४ साउन २०७७

आइतबार, ४ साउन २०७७

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा सांसद रहेकी ज्ञानुकमारी छन्त्यालको निधन भएपछि उनको ठाउँमा सुवर्ण ज्वारचनलाई पठाएको छ।



उनलाई आज सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटाले शपथ ग्रहण गराएका हुन्।

निर्वाचन प्रणाली अन्तर्गतको सूचीको आधारमा छन्त्यालपछि उनको नाम भएकाले उनी स्वतः सांसद बनेकी हुन्।

बागलुङकी सांसद छन्त्यालको १७ असारमा निधन भएपछि समानुपातिकको सूची अनुसार गुल्मीकी ज्वारचन सांसद बनेकी हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट