पानीमा डुबेर तीन जनाको मृत्यु-Sutra News

पानीमा डुबेर तीन जनाको मृत्यु

शनिबार, ३ साउन २०७७

शनिबार, ३ साउन २०७७

सर्लाही- सर्लाहीका विभिन्न स्थानमा पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ।



गोडैता नगरपालिका-८ का २५ वर्षीय विकासकुमार दासको शनिबार बिहान घरनजिकै पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, बागमती नगरपालिका-६ की अम्बिका सुवेदीको शनिबार दिउँसो वाग्मती सिँचाइ आयोजनाको मानपुर शाखा नहरमा डुबेर मृत्यु भएको छ।

महोत्तरी घर भइ सर्लाहीको हरिपूर्वा नगरपालिका-७, वसन्तपुर बस्ने सात वर्षीया चाँदनी कुमारीको नहरमा डुबेर मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट