नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण-Sutra News

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१
gjlgo'Qm dxfn]vf k/LIfs /fofnfO{ zky sf7df8f}F, ^ j}zfv M /fi6«klt /fdrG› kf}8]nsf] pkl:yltdf /fi6«klt ejg zLtnlgjf;df laxLaf/ gjlgo'Qm dxfn]vf k/LIfs tf]od /fofnfO{ kb tyf uf]kgLotfsf] zky u/fpFb} k|wfgGofofwLz ljZjDe/k|;fb >]i7 . . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।



राष्ट्रपति रामचन्द्र पौडेलेको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले रायालाई सपथ गराएका हुन् । सो अवसरमा उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थिति थिए ।

संवैधानिक परिषद्को सिफारिस र संघीय संसदअन्तर्गत संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएपछि रायालाई राष्ट्रपति पौडेलले महालेखापरीक्षक पदमा नियुक्त गरेका थिए ।

यसअघि राष्ट्रिय तथ्यांक कार्यालय, थापाथलीमा प्रमुख तथ्यांक अधिकारीको भूमिकामा रहेका रायाले अर्थ मन्त्रालय, उपराष्ट्रपतिको कार्यालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट