शनिबार तपाईंको दिन कति शुभ ? हेर्नुहोस् राशिफल-Sutra News

शनिबार तपाईंको दिन कति शुभ ? हेर्नुहोस् राशिफल

शनिबार, ३ चैत्र २०८०

शनिबार, ३ चैत्र २०८०

आज मिति विसं २०८० चैत ०३ गते शनिबार । सन् २०२४ मार्च १६ तारिख । आज नेपालमा सूर्योदय बिहान ६:११ बजे भयो भने सूर्यास्त साँझ ६:१२ बजे हुनेछ ।



मेष

व्यस्तता बढेसँगै रोकिएका कामहरु बन्ने दिन छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । मित्रजनले राम्रो साथ दिनेछन् । खेतीपातीबाट लाभ मिल्ने समय छ । विचारले धेरैलाई आकर्षण गर्न सकिने छ । नयाँ जिम्मेवारी पाइएला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला ।

बृष

व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धनलाभ होला । प्रशंम्सा गर्नेहरु बढ्नेछन् । काममा जाँगर चल्नेछ, दिन रमाइलो साथ बित्नेछ । आय बढ्नेछ भने बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन

बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने समय छ । टाढाको यात्राबाट धनप्राप्त हुने योग पनि रहेको छ । आफन्तजनको सहयोग प्राप्त होला । अवसर आए पनि विचारेर मात्र नयाँ काम सुरु गर्नु हितकर हुनेछ । कर्मबल बढ्नेछ । समस्याको समाधान प्राप्त होला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

आज अनावश्यक रुपमा पैसा खर्च हुन सक्छ, नियन्त्रणको विशेष प्रयास गर्नुहोला । काम गर्नमा खासै मन नजाला । भौतिक साधनको क्षति हुने योग छ, सावधानी अपनाउनुहोला । स्वास्थ्यसम्बन्धी सामान्य समस्या रहन सक्छ । घरायसी पीडाले डेरा जमाउन सक्छ । धर्मकर्ममा रुचि बढ्ला । रसरागको भाव वृद्धि होला । मिठो भोजन प्राप्त होला ।

सिंह

आजको दिन काममा कठिनाइ सहनु पर्ला । चिताएको काममा सफलता नमिल्न सक्छ । मित्रजन रुष्ट हुने योग छ, सावधान अपनाउनुहोला । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । सवारी साधनको प्रयोगमा विशेष होसियारी अपनाउनुहोला । यात्राको सम्भावना छ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

रुचिका विषयमा लगानी बढाउने समय छ । नसोचेको ठाउँबाट आम्दानी हुन सक्छ । आजको दिन आयआर्जन सन्तोषजनक रहने छ, तर पारिवारिक समस्या बढ्ने योग छ । तथापि, सहयोगीहरूले काममा साथ दिनेछन् । दाम्पत्यसुख बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त होला ।

तुला

व्यापार(व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने या आर्थिक लाभको दिन छ । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित होला । पुराना मित्रजनसँग भेट होला । काममा जाँगर चल्नाले मन प्रफुल्ल होला । आरोग्यता वृद्धि हुनेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

बृश्चिक

आजको दिन आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनु हितकर होला । अनायसै धन खर्च तथा क्षति हुने सम्भावना रहेकोले विशेष सावधान रही कार्य व्यवहार गर्नुहोला । परिवारजनमा असमझदारी बढ्न सक्छ । अभिभावकवर्ग रुष्ट हुन सक्छन, सचेत रहनु हितकर होला । आरोग्यता बढ्नेछ । दाम्पत्य सुख बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । तर, नोकरीमा झमेलाको सामना गनुपर्ने योग रहेकोले सावधानी अपनाउनु हितकर होला । ब्यापारमा लाभ मिल्नेछ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्ला । शुभता बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गर्ने अवसर जुर्ला । सोचेको काम बन्नाले मन हर्षित हुने योग छ । मान्यजनको आगमन हुनुका साथै स्वादिष्ट भोजनको आनन्द पाइएला । मान(सम्मान बढ्नेछ, सुखको अनुभूति हुनेछ । सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइएला । पराक्रम बढ्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । सम्पत्ति बढ्नेछ ।

कुम्भ

पारिवारिक सुखमा रम्ने समय छ । राजनीति तथा नोकरीमा गरेका प्रयासहरु फलदायी रहनेछन् । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । कुनै नयाँ कामको स्रोत फेला पर्ने योग छ, तर जागिरमा भने समस्या देखापर्न सक्छ । आरोग्यता बढ्नेछ ।

मीन

सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने दिन छ । स्वास्थ्यका लागि खानपिनमा विशेष सावधान रहनु हितकर होला । भौतिक साधनको क्षति हुने योग रहेकोले सावधान रहनुहोला । सोच्दै नसोचेको ठाउँमा धन खर्च हुन सक्छ, होसियार रहनुहोला । समस्याको समाधान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट