चैतका लागि अधिकांश वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुनको कति ?-Sutra News

चैतका लागि अधिकांश वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुनको कति ?

बुधबार, ३० फाल्गुन २०८०

बुधबार, ३० फाल्गुन २०८०

काठमाडौं । चैत महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् । फागुन महिनाको तुलनामा अधिकांश वाणिज्य बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका हुन् ।



सार्वजनिक ब्याजदरअनुसार २० वाणिज्य बैंकमध्ये एनआईसी एसियाले ब्याजदर बढाएको छ भने प्रभु र ग्लोबल आइएमईले फागुनकै ब्याजदरलाई निरन्तरता दिँदा अन्यले घटाएका छन् ।

बैंकहरुको औसतमा ०.५०४२ प्रतिशतले ब्याजदर घटेको छ । फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेप औसतमा ७.७५ प्रतिशत हुँदा चैतमा ७.२५ पुगेको छ ।

तर, व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घट्दा अधिकांश वाणिज्य बैंकहरुले संस्थागत निक्षेपको ब्याजदर भने बढाएका छन् । फागुनमा औसत ५.७४ प्रतिशत संस्थागत निक्षेपको ब्याजदर हुँदा चैतमा ०.२६ प्रतिशतले बढेर औसतमा ब्याजदर ६ प्रतिशत पुगेको छ ।

२० वाणिज्य बैंकमध्ये चैतमा सबैभन्दा कम व्यक्तिगत मुद्दति निक्षेपमा कृषि विकास बैंकको ब्याजदर ५.६६१ प्रतिशत छ भने सबैभन्दा बढी एनआईसी एसियाको ८.५४ प्रतिशत छ ।

व्यक्तिगत निक्षेपमा कुनको ब्याजदर कति ?

बैंक फागुनको ब्याजदर चैतको ब्याजदर
कृषि विकास ६.४४३ ५.६६
एभरेष्ट ६.५
नेपाल ७.२५
लक्ष्मी सनराइज ७.५
माछापुच्छ्रे ७.७५
एनआईसी एसिया ८.५४८
प्रभु ७.५ ७.५
स्टान्डर्ड चार्टर्ड ७.३५
राष्ट्रिय वाणिज्य ७.३५
नबिल ७.७५ ७.२५
ग्लोबल आईएमई ७.६ ७.६
सिद्धार्थ ७.५
प्राइम कमर्सियल ७.४ ७.२५
कुमारी ८.०१ ७.५१
सानिमा ७.५१ ७.२५
हिमालयन ८.१५ ७.५
नेपाल एसबीआई ८.१ ७.०१
नेपाल इन्भेष्टमेन्ट
एनएमबी ८.५
सिटिजन्स ८.२५ ७.७५

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट