जसपाको बैठकले टुंग्याउन सकेन मन्त्रीको नाम, मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी-Sutra News

जसपाको बैठकले टुंग्याउन सकेन मन्त्रीको नाम, मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी

बुधबार, २३ फाल्गुन २०८०

बुधबार, २३ फाल्गुन २०८०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति बैठक सरकारमा पठाउने मन्त्री टुंग्याउन नसकी स्थगित भएको छ । सोमबारदेखि बस्दै आएको बैठकले आजसम्म मन्त्री छनोट गर्न नसकेको हो ।



बैठकमा सहभागी नेताका अनुसार गठबन्धनमा सहभागी हुने निर्णय गर्दा भागबण्डाको विषय टुंग्याउन सुझाव दिएको थियो । तर, अध्यक्ष उपेन्द्र यादवले सहभागी हुने मात्रै निर्णय गरेको भनेर बैठकमा नेताले असन्तुष्टि जनाएका छन् ।

बुधबार बसेको बैठकमा मन्त्रिपरिषद्‍मा पठाउने नेताको नाम चयन गर्नुभन्दा पहिले मधेस प्रदेशको सरकार र संघीय सरकारमा पार्टीले पाउने मन्त्रालयको टुंगो लागेपछि मात्रै सरकारमा सहभागी हुने बारेमा अन्तिम निर्णय गर्नु पर्ने सुझाव दिए ।

जसपा कार्यकारिणी समिति बैठक पुनः बस्ने गरी सकिएको छ । अर्को बैठक कहिले बस्ने टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट