एमाले महासचिव भन्छन्– कांग्रेसको पछि नलागे माओवादी राष्ट्रिय दल पनि बन्दैन-Sutra News

एमाले महासचिव भन्छन्– कांग्रेसको पछि नलागे माओवादी राष्ट्रिय दल पनि बन्दैन

शुक्रबार, ५ माघ २०८०

शुक्रबार, ५ माघ २०८०

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेसको पछि नलाग्ने हो भने माओवादीलाई राष्ट्रिय पार्टी बन्न होडवाजी गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।



शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले अहिले माओवादी आन्दोलन ओरालो लागेको भन्दै कांग्रेससँगै हिँड्न तयार नभए राष्ट्रिय पार्टी बन्न माओवादीलाई होडवाजी गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले माओवादी नेतृत्वको सरकारले राष्ट्रिय चुनौतिलाई सामना गर्न नसकेको भन्दै शसक्त रुपमा जनताका बिचमा जानुपर्ने अवस्था देखिएको धारणा राखे । उनले प्रधानमन्त्रीले नै छिमेकीहरुका लागि कम्र्फटेवल हुने बताइरहेको भन्दै राष्ट्रिय हितका प्रश्नमा लम्पसारबादी नीतिलाई अवलम्वन गर्ने काम सत्तापक्षबाट भइरहेको तर्क गरे ।

एमालेको सरकारलाई षढयन्त्रपूूर्ण ढंगले हटाएपछि मुलुकको विकास र समृद्धिको काम ठप्प भएको जिकिर पोखरेलको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट