टेलिकमकाे अफर : नयाँ सिम किन्दा महिना दिनसम्मका लागि डाटा, भ्वाइस र एसएमएस-Sutra News

टेलिकमकाे अफर : नयाँ सिम किन्दा महिना दिनसम्मका लागि डाटा, भ्वाइस र एसएमएस

बिहिबार, २८ मंसिर २०८०

बिहिबार, २८ मंसिर २०८०

काठमाडाैं । नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ। त्यसैगरी, कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने टेलिकमले बताएको छ। यस्तै, रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको छ।



हाल ९० रूपैयाँमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डेटा चलाउन, ४० मिनेट कल गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ।

तर अब सो सिमकार्डमार्फत् १ जिबी डाटा चलाउन सकिनेछ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिनेछ। यी सबै सुविधा ३० दिनसम्म प्रयोग गर्न सकिनेछ। पहिले जस्तै यसमा १० रूपैयाँ ब्यालेन्स समेत उपलब्ध हुनेछ।

यस्तै कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत निजको अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा ९० रूपैयाँमा प्रिपेड सिमकार्ड उपलब्ध हुनेछ।

सो सिमकार्डमा समेत नयाँ सुविधा उपलब्ध हुनेछ। नयाँ सिमकार्डमार्फत् १ जिबी डेटा चलाउन सकिनेछ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिनेछ।

सो सिमकार्डमा पनि १० रूपैयाँ ब्यालेन्स हुने टेलिकमको भनाइ छ। यस्तै, विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पनि उपलब्ध गराइने भएको छ।

अब १०० रूपैयाँको रिचार्ज गर्दा समेत डेटा बोनस उपलब्ध हुनेछ।

यस्तै, एमपोसमार्फत् १०० रूपैयाँदेखि १९९ को रिचार्ज गर्दा १ दिनका लागि १ जिबी, २०० रूपैयाँदेखि ४९९ रूपैयाँको रिचार्ज गर्दा प्रतिदिन १ जिबीका दरले २ दिनका लागि २ जिबी र ५०० रूपैयाँ वा सो भन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जिबीका दरले ४ दिनका लागि ८ जिबी डेटा बोनसको रुपमा उपलब्ध हुनेछ।

त्यसैगरी, फिजिकल रिचार्जमार्फत् १०० रूपैयाँको रिचार्ज गर्दा १ दिनका लागि १ जिबी, २०० रूपैयाँको रिचार्ज गर्दा प्रतिदिन १ जिबीका दरले २ दिनका लागि २ जिबी र ५०० रूपैयाँ तथा १००० रूपैयाँको रिचार्ज गर्दा प्रतिदिन २ जिबीका दरले ४ दिनका लागि ८ जिबी डेटा बोनसको रुपमा उपलब्ध हुने टेलिकमको भनाइ छ।

यी सबै नयाँ सुविधा आगामी पुस १ गतेदेखि फागुन ३० गतेसम्म उपलब्ध हुने टेलिकमले बताएको छ।

सम्बन्धित समाचार

नेपाल टेलिकमका टेलिफोन प्रयाेगकर्तालाई निःशुल्क इन्टरनेट !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट