ग्लोबल आइएमईको टिकटक प्रतियोगितामा : ६० हजारसम्म जित्ने अवसर-Sutra News

ग्लोबल आइएमईको टिकटक प्रतियोगितामा : ६० हजारसम्म जित्ने अवसर

शुक्रबार, २६ असोज २०८०

शुक्रबार, २६ असोज २०८०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले युवा युवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालार्इ प्रवर्द्धन गर्न दशैंको अवसरमा टिकटक प्रतियोगिता आयोजना गरेको छ ।



बैंकले जनाएअनुसार उक्त प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गई बैंकले दशैंको सामग्रीहरु समावेश गरी तयार गरेको गितमा आफ्नो टिकटक बनाइ बैंकले सार्वजनिक गरेको शर्तहरु पुरा गरी आफ्नो टिकटक पेजमा प्रकाशित गर्नुपर्नेछ ।

प्रतियोगितामा सहभागिमध्ये धेरै लाईक आउने तीन जना सहभागिलाई क्रमशः प्रथम पुरस्कार रू ६०,०००, दोस्रो पुरस्कार रू ३५,००० र तेस्रो पुरस्कार रू २५,००० प्रदान गरिने बैंकले जनाएको छ।

जनाइएअनुसार यो प्रतियोगितामा सहभागि हुन कात्तिक १२ गतेसम्म टिकटक प्रकाशन गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट