के हो त राजेश हमालको ‘र’को महायात्रा ?-Sutra News

के हो त राजेश हमालको ‘र’को महायात्रा ?

शुक्रबार, २९ भाद्र २०८०

शुक्रबार, २९ भाद्र २०८०

काठमाडाैं । महानायक राजेश हमालले सञ्चालन गर्ने कृषि रियालिटी शो ‘र’को नयाँ प्रोमो सार्वजनिक भएको छ । ओएसआरकाे रियालिटीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको सो भिडियोमा, शोका मास्टर होस्ट राजेश हमालले कार्यक्रमको ढाँचा र शैलीबारे जानकारी दिएका छन् ।



विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटी शो भनेर दाबी गरिएको कार्यक्रममा, प्रतिस्पर्धीका रूपमा किसान र कृषि प्राविधिक सहभागी हुने छन् । तर किसान र प्राविधिक एक अर्का विरुद्ध प्रतिस्पर्धा गर्ने छैनन् । भिडियोका अनुसार, किसान र कृषि प्राविधिक एक अर्कालाई सहयोग गरी अगाडि बढ्नेछन् । यसरी यस शो मा कृषि प्रविधिक तर्फ एक र किसान तर्फ एक, छुट्टा छुट्टै विजेता बन्नेछन् ।

कृषिका विभिन्न आयाम जस्तै – अन्नबाली, नगदेबाली, पशुपालन, कृषि पर्यटन, उत्पादन, बजार व्यवस्थापन, प्रविधि, लगायत विषयमा रहेर रोमाञ्चक प्रतिस्पर्धा गराइने छ । कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य आधारशीला बनाइएको शो ‘र’ मा, कृषि र मनोरञ्जनको मिश्रण गरिएको भन्ने कुरा भिडियोमा स्पष्ट पारिएको छ ।

नयाँ सोचमा बन्न लागेको कार्यक्रमको दुई हप्ता अघि सार्वजनिक गरिएको प्रोमोले दर्शकमाझ उत्सुकता जगाउन सफल भएको थियो, र त्यो क्रम जारी छ । राम्रो र फरक शैलीमा कार्यक्रम बन्न लागेको तर कसरी बन्ला भन्ने उत्सुकताबीच सार्वजनिक यस भिडियोले धेरै प्रश्नहरुको उत्तर दिएको छ ।

राजेश हमालले मास्टर होस्ट भएर सञ्चालन गर्ने कार्यक्रमको मुख्य निर्णायक नेपाल सरकारका पुर्व कृषि सचिव डा. योगेन्द्र कार्की र एक निर्णायक डा. नम्रता पाण्डे रहेका छन् । दुबैजना निर्णायकले कृषि विषयमै विद्यावारिधी गरी सोही क्षेत्रको प्रवर्द्धन एवम् विकासमा काम गर्दै आएका छन् ।

विजय बस्याल कार्यकारी निर्माता रहेको कार्यक्रम ‘र’, ई स्क्वायारले निर्माण गर्न लागेको हो । यस अघिको सफल रियालिटी शो ‘पोएट आइडल’ का कन्सेप्ट कृएटर शैलेश कँडेल क्षेत्री कै कन्सेप्ट रहेको “र” उनकै निर्देशन मा बन्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट