आठ वर्षपछि कमव्याक गर्दै मिलिन्द सोमन-Sutra News

आठ वर्षपछि कमव्याक गर्दै मिलिन्द सोमन

बिहिबार, १४ पौस २०७९

बिहिबार, १४ पौस २०७९

मुम्बई – पछिल्लोपटक निर्देशक सञ्जयलीला भन्सालीको फिल्म ‘बाजीराव मस्तानी’मा अभिनय गरेका अभिनेता मिलिन्द सोमन जनवरी २०२३ मा रिलिज हुने एक्सन थ्रिलर फिल्म ‘लकडबग्घा’बाट कमव्याक गर्दैछन् ।



मिलिन्द, अंशुमन झा र रिद्धी डोगरा स्टारर यो फिल्मले आगामी १३ जनवरीमा अर्जुन कपुरको फिल्म ‘कुत्ते’ सँग बक्स अफिसमा प्रतिस्पर्धा गर्दैछन् । मिलिन्द आठ वर्षपछि अभिनयमा कमव्याक गर्न लागेका हुन् ।

‘लकडबग्घा जस्तो अनौठो एक्सन फिल्मको हिस्सा बन्नु रोमाञ्चक हो । कथाका हरेक पात्र असामान्य र सुविचारित छन् । मलाई एक रोमाञ्चक मार्शल आर्ट फर्मको रुपमा स्क्रिप्टमा राखिएको छ,’ उनले भनेका छन् ।

फिल्ममा मिलिन्दले एक मार्शल आर्ट इन्स्टक्टर र अंशुमानको पिताको भूमिका निभाउँदैछन् । फिल्ममा विक्टर मुखर्जीको निर्देशन र फस्ट रे फिल्मसको निर्माण छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट