धादिङका दाजुभाई र दिदीबहिनीहरुको अपार माया र सद्धावभले मैले चुनाव जित्छु : मदुकुमार-Sutra News

धादिङका दाजुभाई र दिदीबहिनीहरुको अपार माया र सद्धावभले मैले चुनाव जित्छु : मदुकुमार

बिहिबार, १ मंसिर २०७९

बिहिबार, १ मंसिर २०७९

काठमाडौँ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै यतिबेला बिभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्रबाट उम्मेदवार बनेका ब्यक्तिहरु जनताको घरदैलोमा पुगेर उनीहरुको समस्या, गुनासो र चाँहना बुझिरहेका छन् । यस्तैमा नेपाली कांग्रेसका युवा नेता तथा फिल्मकर्मी पनि मदुकुमार श्रेष्ठ पनि केही समययता धादिङ १ (क)का स्थानियसँगको भेटघाटमा छन् । यसै क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका उनी त्यहाँको जनताको समस्या, गुनासो र चाँहना बुझ्न घरदैलो पुगिरहेका हुन् ।



धादिङमै हुर्किएर बढेका उनी त्यहाँका लोकप्रिय नेता पनि हुन् । निर्वाचनका बेलामा मात्र होइन, आपतबिपत र दैबिक प्रकोप लगायतका समयमा समेत त्यहाँका जनतालाई हरहमेसा साथ दिदै आएका उनी सबैका प्रिय बन्न समेत सफल भएका छन् । हुन त त्यस क्षेत्रबाट चुनाव जित्न उनले घरदैलो कार्यक्रम नै गर्नुपर्दैन । किनभने उनी त्यहाँका स्थानियसँग हरहमेसा रहिरहेका हुन्छन् । बिपक्षिले नझुक्याउन् र बिपक्षिको जालमा सोझासाझा जनता नलोभिउन् भनेर आफु सबै उनीहरुको साथमा रहेको महसुस गर्न घरदैलो कार्यक्रममा आफुले गरेको श्रेष्ठले बताए ।‘मेरो क्षेत्रका जनताको हरेकको समस्यासँग म परिचित छु र त्यसको मल्हमपट्टी गर्दै आएको छु’ श्रेष्ठले भने ‘उनीहरुको नयाँ समस्या, चाँहना बुझ्न त उनीहरुकहाँ पुग्नै पर्छ ।’

श्रेष्ठको पक्षमा धादिङमा जनलहरनै छ । जनु जनलहर अहिले घरदैलो कार्यक्रममा पनि देख्न सकिन्छ । उनका बिपक्षको घरदैलो कार्यक्रममा ४०, ५० जना मुस्किलले देख्न मिल्छ भने उनको घरदैलोमा ५सय बढी सधै सहभागी छन् । ति ब्यक्ति स्वत स्फुर्त रुपमा सहभागी भएका हुन् । राजनीतिलाई पेसा होइन, सेवा बनाउदै आएका श्रेष्ठको राजनीतिको परिभाषा समेत बदल्ने सोच रहेको छ । धेरै जसो नेता शहर केन्द्रीत राजनीति गरिरहेका छन् । उनी भने स्थानियसँग बसेर उनीहरुकै सेवामा रमाउछन् । आफुले धादिङलाई देशकै गर्भ गर्न लाएक ठाउँ बनाउने बाचा समेत गर्ने उनी देशकै गर्भ गर्न लाएक प्रदेश सांसद बन्ने समेत बाचा गर्दै आएका छन् । बालकदेखि बृद्धसम्म लोकप्रिय श्रेष्ठको बिकल्प घादिङ १ (क) मा अन्य कुनै हुनै नसक्ने त्यहाँका स्थानियको भनाई रहेको छ ।

के भन्छन् मदुकुमार ?

चुनाबी गतिबिधि कसरी अगाडी बढिरहेको छ ?
– हामी आफ्नो पार्टी संगठन, गाठबन्धनिय संरचना मार्फत जनतासँग घरदैलो, मिटिङ, भेटघाट र छलफल गरिरहेका छन् । उनीहरुको समस्या सुन्ने र बुझ्ने गरिरहेका छौ । उहाँहरुको समस्या समाधान गर्ने, विकास दिने बाचा गरिहेका छौ ।

तपाईं गठबंधनको साझा उम्मेद्वार हुनुहुन्छ । यो हिसावले चुनावी प्रतिस्पर्धा सहज होला ?
– चुनाव लड्दै जाँदा बिभिन्न चुनौतीको सामना गर्नुपर्छ । यो भन्दा अगाडि बामगठबन्धन एक हुँदा पनि म एक्लो चुनाव लडेकै हो । अहिले हाम्रो गठबन्धन छ । त्यो हिसावले मैले धेरै सहज महसुस गरेको छु । माओवादी, समाजवादी लगायतका साथीहरुको साथ र सहयोगमा अगाडि बढीरहेको छु । त्यो कारणले सहजै छ ।

म यही भूमिमा जन्मिए, हुर्किए, म आज जहाँ छु धादिङ र धादिङबासिकै कारणले छु । त्यसैले यो क्षेत्रमा अझै मैले गर्नुपर्ने योगदान र क्रियाकलापहरु धेरै छन् । संभवतः मलाई थाक्ने र बिश्राम लिने छुट छैन ।

२०७४ को निर्वाचनमा पराजित हुनु भएको थियो होइन र ? अहिले जित्ने आधार के छ त ?
हेर्नुस् , २०७४ मा अहिलेका मुख्य मन्त्री राजेन्द्र पाण्डे सर म सँग चुनाव लड्नु भएको थियो । उहाँ चिरपरिचित ब्यक्ति पनि हुनुहुन्थ्यो । त्यो समय माओवादी र एमालेको गठबन्धन समेत थियो । त्यो समय पनि मैले साहसका साथ चुनाव लडे र सम्मानजनक मत ल्याए । चुनाव हारेपनि म यो बितेको ५ बर्ष कोरोना होस् या डेङ्गु हरेक समय जनताको माझ पुग्ने प्रयास गरेको छु । मेरो क्षेत्रका मानिस मात्र होइन, हरेक क्षेत्रका मानिसहरुलाई अप्ठ्यारो पर्दा मैले दिन रात नभनी आफूले सक्दो सहयोग गरेको छु । कोरोनाको समयमा आफ्नो क्षेत्रमा मात्र ८ हजार मानिसलाई माक्स बाढे, २०० जनालाई अक्सिजन बाढे, ७ सय भन्दा बढी परिवारलाई राहत बाँढे । कोरोनाको भयावह स्थितिमा छिमेकीले समेत नहेर्ने समयमा डाक्टर टोली लिएर घरघर पुगेर ३२ सय भन्दा बढि बिरामीको उपचार गराए । ४ सय बढी मानिसलाई आफ्नो निजी गाडीलाई एम्बुलेन्स बनाएर काठमाडौँ ल्याएर उपचार गराए । त्यो सबै कुरो मेरो क्षेत्रका मानिसहरुलाई थाहा छ । यो मिडियामा पनि आएको छ । एकपटक यसले हामीलाई परेको बेला गर्छ भनेर विस्वास भएको सन्देश गएको छ । अहिले हरेक धादिङबासी मङ्सिर ४ को पर्खाइमा छन् र मलाई मत हाल्न आतुर देखिन्छन। त्यसकारण धादिङबासीलेले यो पटक मलाई विस्वास गर्नुहुन्छ र म जित्छु भन्ने कुरामा दुइमत छैन ।

जित्नुभयो भने तत्कलै प्रथामिकतामा राख्नुपर्ने काम के के छन् त ?
– म पहिले मानिसको दैनिक जीवनसँग जोडिएको कुराबाट जान्छु । पहिले खानेपानी, स्वास्थ्य, शिक्षा,रोजगार र मोटरबाटोको समस्या नीतिगत हिसाब बाट समाधान गर्नेर्छु । मेरो क्षेत्रका केही आमाबुबा, दाजुभाइहरु न्यून आय भएको पनि हुनुहुन्छ, उहाँहरुको स्तर उकास्नु पनि मेरो दायीत्व हो । कृषि र पर्यटनको विषयमा यथासिघ्र विज्ञ टोली सँग संवाद गरेर अगाडि बढ्नेछु। म सांसद जितेर गएपछि प्रदेश होस् वा केन्द्र सबै ठाउँबाट ल्याउन सक्ने बजेट ल्याएर आफ्नो क्षेत्रको विकास योजना ल्याएर स्थानिय सरकारसँग सहकार्य गर्नेछु । मुख्य कुरा; भ्रष्टाचारको विरुद्दमा सदनमा सशक्त रुपमा प्रस्तुत हुनेछु।

केका लागि राजनीति ?
मैले अघि नै पनि भनिसके, म समाजसेवा गर्न राजनीतिमा आएको हुँ र यो मेरो सँस्कार पनि हो। यो देश विकास हुन नसक्नुको मुख्य कारण नै भ्रष्टाचार हो। भ्रष्टाचार निर्मूल पार्नु मेरो पहिलो प्राथमिकता हुनेछ । राजनीतलाई गरिखाने ठाउँ बनाए÷पेशा बनाए। त्यसैले “राजनीति” भन्ने शब्द नै आम जनतामाझ घृणित हुँदै गएको छ। राजनीतिको परिभाषा बदल्ने संकल्प पनि लिएको छु । यहाँ चुनाव जितिसकेपछि नेताहरु शोषक बने भन्ने गुनासो धेरै छ तर म धादिङबासिको सेवक हो र गर्व गर्न लायक संसद बनेर देखाउनेछु । आफूले पाउने तलब÷सुविधा सबै एउटा कोष बनाएर धादिङबासिकै लागि खर्च गर्ने प्रतिबद्धता गर्दै हरेक महिनाको कम्तीमा २ चोटी धादिङबासिसँग छलफल गरी त्यस्ता सडकका कुरालाई संसदभवन मा प्रखर रूपमा प्रस्तुत गर्नेछु। एकपैसा भ्रष्टचार गर्ने पनि छैन र गर्न दिने पनि छैन ।

अन्त्यमा ?
मेरो धादिङको आमाबुबालाई म तपाईको छोरो, नाती, दाजुभाई तपाइहरुको सेवा गर्न आएको हो भन्न चाहन्छु र यो कुरा मेरो विगतको कर्मले पनि पुष्टि गर्ला नै। त्यसैले एकपटक काम गर्ने र तपाइहरुको सेवा गर्ने अवसर दिनुहोला । मैले ५ वर्ष मा आफूले भनेका कामहरू गर्न सकिनँ भने अर्को चुनावमा म भोट माग्न आउदिन भनेर पनि बचन दिन चाहन्छु । म मेरो क्षेत्र बिकाश गर्न सक्छु । मलाई मात्र एउटा अवसर चाहिएको छ । अन्तमा फेरिपनि आउँदो मङ्सिर ४ गतेको निर्वाचनमा प्रदेश सभा सदस्य पदको लागि नेपाली काङ्ग्रेसको तर्फबाट धादिङ क्षेत्र नं. १ प्रदेश(क) का गठबन्धनका साझा उम्मेदवार म मदुकुमार श्रेष्ठलाई रुख चिन्हमा मत हाली विजयी गराइदिनुहुन सम्पूर्ण धादिङबासी क्षेत्र नं १(क) का मतदाताहरुमा हार्दिक अनुरोध गर्न चाहान्छु । जय नेपाल।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट