महानगरमा एकपछि अर्को काण्ड : ‘मकै काण्ड’ सेलाउन नपाउँदै बालेन साहको ‘सालिक काण्ड’-Sutra News

महानगरमा एकपछि अर्को काण्ड : ‘मकै काण्ड’ सेलाउन नपाउँदै बालेन साहको ‘सालिक काण्ड’

शनिबार, २५ असार २०७९

शनिबार, २५ असार २०७९

काठमाडौँ – सडक पेटीमा मकै बेचेर गुजारा चलाउनेमाथि काठमाडौँ महानगरले डण्डा चलाएको धेरै भएको छैन । पेटीमा मकै पोलेर पेट पाल्नेमाथि लाठी बर्साउँदा महानगरको चर्को आलोचना भयो । दुई महिनाअघि मेयरमा निर्वाचित बालेन्द्र शाह (बालेन)माथि पनि आलोचकहरू खनिए । हो, सडक पेटी मकै बेच्न र नाङ्लो पसल थाप्न होइनन् । त्यहाँ नागरिक निर्वाध हिँड्न पाउनुपर्छ । तर, पेटीमा पेट पाल्नेहरू पनि नागरिक हुन् । उनीहरूले पनि खान पाउनुपर्छ । बाँच्नु पाउनुपर्छ ।‘ मकै काण्ड’लार् यतै थाती राखौ । यहाँ चर्चा गर्न खोजिएको विषय पनि यो होइन ।



मकै काण्ड सेलाउन नपाउँदै महानगरमा फेरि अर्को ‘काण्ड’आएको छ ‘सालिक काण्ड’ । काठमाडौँ महानगरले ¥यापर यमबुद्धको सालिक बनाउन १५ लाख बजेट छुट्याएपछि त्यसको व्यापकआलोचना भयो । यमबुद्ध तिनै ¥यापर हुन् जसले ‘जीवनदेखि हार खाएर’ आत्महत्या गरेका थिए । आलोचनाको ‘आलो घाउ’ सुक्न नपाउँदै मेयर बालेनले अर्को घोषणा गरे, ‘यमबुद्धको सालिक म आफ्नै तलबले बनाउँछु ।’

सालिक कहाँ बनाउने ? प्रश्न यो मात्रै होइन । यमबुद्धको सालिक किन बनाउने ? काठमाडौँ महानगरमा उनको सालिक किन आवश्यक ? अहमप्रश्न यो हो । अकालमै आत्मघात गरेर जीवन त्याग गरेका उनको नेपाली संगीतमा योगदान के हो ? काठमाडौँ महानगरमा उनले केके गरे ? जसकारण सालिक बनाउनुप¥यो ।

आलोचना सहन नसकेर ‘गलत निर्णय’ सच्याउन खोजेका बालेनले फेरि अर्को गल्ती गरे, ‘आफ्नै तलबबाट सालिक’ । अब पहिलो प्रश्न उठ्छ, बालेनको तलब कति ? उनले तलब पाउँछन् कि पाउँदैनन् ? कानूनअनुसार महानगरको मेयरले मात्रै होइन, स्थानीय तहका कुनै पनिजनप्रतिनिधिले तलबपाउँदैनन् । उनीहरूले पाउने भत्ताहो ।भत्ताले सालिक बनाउन सम्भव छ ?

यमबुद्धको सालिक बनाउन १५ लाख खर्च लाग्ने बताइएको थियो । मेयर बालेनले पाउने मासिक ५० हजार हाराहारी, भत्ताले १५ लाख जम्मा गर्न कति समय लाग्छ ? कम्तीमा पनि साढे दुई वर्ष त लाग्ने नै देखियो । पैसा जम्मा गरिहाले सालिक कहाँ बनाउने ? निजीस्तरबाट सार्वजनिक स्थानमा सालिक बनाउन पाइन्छ ?

सालिक कहाँ बनाउने ? प्रश्न यो मात्रै होइन । यमबुद्धको सालिक किन बनाउने ? काठमाडौँ महानगरमा उनको सालिक किन आवश्यक ? अहमप्रश्न यो हो । अकालमै आत्मघात गरेर जीवन त्याग गरेका उनको नेपाली संगीतमा योगदान के हो ? काठमाडौँ महानगरमा उनले केके गरे ? जसकारण सालिक बनाउनुप¥यो ।

संगीतमा योगदान गरेको आधारमाब नाउने हो भने उनीभन्दा धेरै योगदान गर्ने कोही छैनन् ? महानगरको विकासमा योगदान गरेको हो भने के हो ? उनलाई सालिकमा सम्मान गर्नुपर्ने कारण के हो ? महानगरले प्रष्ट्याउनु पर्दैन ? होइन भने जनताले तिरेका करबाट जे मन लाग्यो त्यही गर्न शासकलाई छुट छैन ।

कुरो व्यक्तिको मात्रै पनि होइन । यमबुद्धको सालिक बनाउने वा नबनाउने पनि होइन । समस्या प्रवृत्तिको हो । चुनावी मैदानमा होमिएका बेला धरहरालाई सेतो टावर भन्ने यिनै बालेन होइनन् ? धरहराको मौलिकता हरायो । तर, एउटा पहिचान त छ । धरहरा माथि उनले गरेको टिप्पणी सही थियो ? थियो भने फेरि फजुलमा अर्को सालिक किन चाहियो ? टावरको विरोध गर्ने मेयर आफै सालिक बनाउन किन तम्सिए ?

आफन्त र नातागोताकापनि सालिकबनाए । केकालागि ठडिए त सालिकहरू ? सालिकले मालिक खुसीपार्ने बाहेक के काम गर्छ ? नातागोतार आफन्तका सालिक र भ्यू टावर बनाउनेदेखि वाक्कदिक्क भएर काठमाडौँका मतदाताले विकल्प खोजेका होइनन् ? ती शासक र यी शासकमा फरक छैन ? हुनु पर्दैन ? छ भने देखाऊ । होइनभने आफ्नै सालिक ठड्याएर हिँडे पनि हुन्छ। ‘आगे आपकी मर्जी !’

सालिक बनाउने नै भए संस्कृतिविद् सत्यमोहन जोशीको सालिक किनन बनाउने ? आफ्नै जीवनकालमा उनको सालिक बनाइदिए के जान्छ ? लोकले जानेका र मानेका सत्यमोहनको सालिक बनाउँदा कसले विरोध गर्थ्यो ? प्रविधिको क्षेत्रमा ज्यान दिएर काम गरिरहेका महाविर पुनको सालिक बनाउदा पनि हुन्थ्यो कि ? माथि उल्लेखित दुई जनालाइृ प्रतिनिधिपात्रका रूपमा यहाँ प्रस्तुत गर्न खोजिएको हो । यस्ता पात्र नेपालमा धेरै छन् । काठमाडौँमा पनि कयौँ छन् ।

जीवनदेखि हारेर जीवनदान गरेकाहरूको सालिक बनाउने कि जीउन उत्प्रेरित गर्नेहरूको ? या सालिक ने नबनाउदा के हुन्छ ? काठमाडौँको समस्यासालिकनहुनु हो कि अरु केही ? फोहोर व्यवस्थापननगरी खादा, माला र अन्तर्वार्ता समेत नदिने मेयरले आफ्नै प्रतिवद्धता भुलेका हुन् ? जनअपेक्षा भुलेका हुन् ? अहिले ने कामको मूल्यांकनगर्ने बेला त होइन । तर, ‘हुने विरुवाको चिल्लो पात’यहीहो ? बनाउने नै भए अस्पताल बनाऊ, स्कुलबनाऊ, सडक र खानेपानी देऊ । फोहोर व्यवस्थापनको काम गर । जनताले तिरेको करको सदुपयोग गर । यसअघि शासकले मालिकका सालिक बनाए ।

आफन्त र नातागोताकापनि सालिकबनाए । केकालागि ठडिए त सालिकहरू ? सालिकले मालिक खुसीपार्ने बाहेक के काम गर्छ ? नातागोतार आफन्तका सालिक र भ्यू टावर बनाउनेदेखि वाक्कदिक्क भएर काठमाडौँका मतदाताले विकल्प खोजेका होइनन् ? ती शासक र यी शासकमा फरक छैन ? हुनु पर्दैन ? छ भने देखाऊ । होइनभने आफ्नै सालिक ठड्याएर हिँडे पनि हुन्छ। ‘आगे आपकी मर्जी !’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट