विप्लवको हिंसाप्रेरित अभिव्यक्ति- ‘विद्यार्थीसँग १० लाख माग्ने न्यायाधीशलाई घरबाटै थुतेर कुट्नुपर्छ’-Sutra News

विप्लवको हिंसाप्रेरित अभिव्यक्ति- ‘विद्यार्थीसँग १० लाख माग्ने न्यायाधीशलाई घरबाटै थुतेर कुट्नुपर्छ’

बुधबार, २२ असार २०७९

बुधबार, २२ असार २०७९

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द आजको बैठकमा आक्रामक रुपमा प्रस्तुत भएका छन् ।



बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले हिरासतमा परेका आफ्ना पार्टीका कार्यकर्ताहरुसँग न्यायाधीशले चर्को धरौटी मागेको भन्दै उनलाई घरबाटै थुतेर कुट्नुपर्ने बताए ।

‘एउटा विद्यार्थीलाई १० लाख धरौटी तोक्ने न्यायाधीश को हो ? यिनको त घरघर गएर थुतेर कुट्नुपर्छ। ‘ उनले भने ।

त्यस्तै उनले आफ्नो पार्टीबाट छुट्टिएर गएका अर्का समूहका नेताहरु क्रान्त्री गर्न डराएको अभिव्यक्ति दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट