मकै पोल्ने दम्पत्तिका दुई छोरालाई कक्षा १२ सम्म निशुल्क पढाउने-Sutra News

मकै पोल्ने दम्पत्तिका दुई छोरालाई कक्षा १२ सम्म निशुल्क पढाउने

बुधबार, २२ असार २०७९

बुधबार, २२ असार २०७९

काठमाडौं महानगरको बालुवाटार सडक क्षेत्रमा मकै पोलेर जीवीका चलाउँदै आएका चेतेन्द्र आचार्य र सीता आचार्यका दुई छोराहरुलाई कोस्मोपोलिटन सेकेन्डरी स्कुलले कक्षा १२ सम्मको अध्ययन निशुल्क गराइदिने भएको छ ।



नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको सहकार्यमा उक्त स्कुलले उनीहरुलाई निशुल्क अध्ययन गराइदिने भएको हो ।

कोस्मोपोलिटन सेकेन्डरी स्कुलले हरेक वर्ष विभीन्न कारणले दुःख पाएका आर्थीक समस्यामा परेका १२ जनालाई इन्द्र अन्नपूर्ण फाउन्डेशन, हेल्प नेपाल र गुढमर्निङ नेपाल जस्ता संस्थाहरुको सहयोगमा निशुल्क अध्ययन गराईदिदै आएको छ ।

यस्तै समाजसेवी रामकुमार थापा र मसीना खड्काले पनि आचार्य दम्पत्तिको दुई छोराहरुका लागि स्टेशनरी र पोशाक खर्चका लागी भन्दै २० हजार आर्थीक सहयोग गरेका छन् ।

बालुवाटार क्षेत्रको सडकमा मकै बेच्ने आचार्य दम्पत्ति गाउँमा जीवीका चलाउन मुस्किल भएपछि राजधानीमा मकै बेचेर परिवार पाल्दै आएका थिए । उनीहरुको ८ र ९ कक्षामा पढ्ने दुई छोराहरु छन् ।

आचार्य दम्पत्तिलाई पूर्वमन्त्री बस्नेतले यसअघि पनि ५१ हजार आर्थिक सहयोग गरेका थिए । यसरी आफ्नो गरीखाने रोजीरोटी नै गुमेको बेला पूर्वमन्त्री बस्नेतले सहयोग गरेको भन्दै चेतेन्द्र अचार्यले खुशी ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट