डिशहोमको ‘लक्की ड्र’का विजेतालाई एक/एक लाख हस्तान्तरण-Sutra News

डिशहोमको ‘लक्की ड्र’का विजेतालाई एक/एक लाख हस्तान्तरण

बुधबार, २२ असार २०७९

बुधबार, २२ असार २०७९

एक वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोमको ‘लक्की ड्र’मा विजेता ग्राहकहरुलाई रु एकरएक लाख वितरण गरेको छ ।



पुरस्कार राशि डिशहोमका डिलर दाई स्ट्रोम नेटवर्कका मंगल गुरुङ तथा डिशहोमका क्षेत्रीय विक्री प्रबन्धक उज्वल न्यौपानेको उपस्थितिमा वितरण गरिएको थियो ।

काठमाडौं बालुवाटार निवासी डा. वेद प्रकाश उप्रेती र बत्तीसपुतली निवासी बिन्दा रेग्मीले यो योजना अन्तर्गत हरेक हप्ता गरिने लक्की ड्रमा रु. एक/एक लाख जित्न सफल भएका थिए ।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट