उदयपुरमा चट्याङ लागेर २६ वर्षीय युवा बिते-Sutra News

उदयपुरमा चट्याङ लागेर २६ वर्षीय युवा बिते

बुधबार, २२ असार २०७९

बुधबार, २२ असार २०७९

वर्षासँगैको चट्याङले उदयपुरमा एक युवककाे ज्यान गएकाे छ । चौदण्डीगढी नगरपालिका-५ शिवाइका २६ वर्षीय रोशन चौधरीको चट्याङ लागेर मंगलबार ज्यान गएकाे हाे ।



चट्याङबाट घाइते भएका चौधरीलाई उपचारका लािग सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएको थियाे। तर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

खेतबारीमा काम गरि रहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर उनी घाइते भएका  थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट