नायीका पुजा शर्माले यसरी गरीन् आकाशकै अगाडी प्रेमी युद्धको बयान(भिडियोसहित)-Sutra News

नायीका पुजा शर्माले यसरी गरीन् आकाशकै अगाडी प्रेमी युद्धको बयान(भिडियोसहित)

सोमबार, २० असार २०७९

सोमबार, २० असार २०७९

नायिका पुजा शर्मा र व्यवसायी युद्ध बानियाँ अहिले प्रेममा छन् । केही महीना अघी सामाजिक सञ्जालमार्फत आफु व्यवसायी युद्ध बानियाँसँगको प्रेमसम्बन्धमा रहेको कुरा नायीका शर्माले नै सार्वजनिक गरेकी हुन् ।



यद्यपी अहीले भने नायीका शर्माले पे्रमी युद्धको बारेमा खुलेरै अन्तर्वार्ताहरुमा पनि बोल्न थालेकी छन् । यसअघि भने प्रेमी युद्धसंग सम्बन्धमा रहेको कुरा सार्वजनिक गरेपनि शर्माले युद्धको बारेमा खासै खुलेर बोल्ने गरेकी थिइनन् ।

नायीका शर्मा अभिनित फिल्म ‘सम्झना–बिर्सना यही असार ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ । उक्त फिल्मकै प्रोमोशनका क्रममा सूत्र टिभीलाई दिएको एक अन्तर्वार्ताका क्रममा शर्माले आफ्नो र युद्धको प्रेम सम्बन्धबारे खुलेरै बोलेकी छन् ।

अन्तर्वार्ताकै क्रममा पुजाले आकाश र युद्धको अहीले सम्म भेट नभएको र अब छीट्टै उनीहरु दुईबिच भेट गराउने पनि बताएकी छिन् । आकाशले पनि युद्ध र पुजाको जोडी एकदमै राम्रो देखीने बताउदै आफ्नो मील्ने साथीले राम्रो जीवनसाथी पाएकोमा साथीलाई पनि खुशी लाग्ने रहेछ भन्दै खुशी ब्यक्त गरेका छन् ।

यस्तो छ– नायीका शर्माले युद्धसंगको प्रेमबारे बोलेका कुरा उनकै शब्दमा

जहीले पनि मैलै भन्दै आईरहेको कुरा हो । जुन दिन मेरो लागी मैले राइट पर्सन भेट्छु त्यही दिन म आफै आउट गर्छु । त्यो बेला म पोखरामा थिएँ । यत्तीकै बसीरहेको थिएँ अनि एक्कासी माइन्डमा के भयो के ? अनी लाग्यो अब म लाइफमा लुकाएर माया गर्दीन । किनभने जो मान्छे आफ्नै हो भनेर सोची सकेपछि भोली गएर होला नहोला भनेर बस्यो भने त त्यो सम्बन्ध चुडिन पनि सक्ने रहेछ ।

मलाई धेरै जनासँगको सम्बन्ध चुडाउँदै अब यो पछि त्यो त्यो भन्दै हिड्नु पनि छैन । त्यसैले मैलै पोखराबाटै माइन्ड मेकअपका साथ नै लौजा त भन्दै ‘यु आर द वान भनेर फोटोसहित फेसबुक मार्फत युद्धसंगको प्रेम सार्वजनीक गरेकी हुँ । त्यसदिनदेखि अहीलेसम्म मैले उ बाहेक दायाँबायाँ केही सोचेकै छैन । यही नै मेरो लाइफको इन्ड पोइन्ट हो भन्ने सोचेर अघी बढेकी छु ।

ला… भविष्य के हुने हो थाहा छैन भन्ने सोचेर उसलाइ बुझ्दै हिड्यो भने त्यो कहील्यै नहुदो रैछ कति दिन बुझ्ने ? बरु ल जा त राम्रो होस् या खत्तम नै होस् मेरै हो भन्ने हिसाबले अघि बढ्नु पर्ने रहेछ । उसमा मैले के राम्रो पाएँ भने म भन्दा पनि मेरो लागी उसले मरीहत्ते गर्छ । उसले नै धेरै माया गर्छ । म भन्दा पनि उ धेरै क्रेजी हुन्छ त्यो नै मलाई अझ विशेष लाग्छ ।

जस्तै कहीलेकाही एकछिन त छुट्टीन पाए हुन्थ्यो लाग्छ, तर म जहाँ पुगेको हुन्छु उ मेरो लागी त्यही पुगेको हुन्छ र मलाई कुरेरै बस्छ । उसको यी बानीले गर्दा पनि मलाई बिश्वास छ कि उसले मलाई छोड्ने वाला छैन । यो हीसाबले पनि म आफुले आफुलाई एकदम भाग्यमानी ठान्छु । उसलाई भेट्नु अघि मैले जहीले सोच्ने गर्थे म नै नराम्री छु कि अथवा अनलक्की पो हुँ कि या ममा नै केही कमजोरी छ कि जस्तो लाग्थ्यो । तर त्यो गलत सावीत भयो जीन्दगीको एउटा पोइन्टमा गएर मैलै राम्रो मान्छे पाएँ ।

त्यसको लागी म भगवानलाई धन्यबाद दिन्छु । मैले बिहे गरीसकेपछि फिल्म लाइनमा आउँदीन भन्दै आएको थिएँ र यो कुरा मैलै उसलाई पनि भनेको छु । मैले यसो भन्दा उसले के भन्यो भने जहाँ तिमी बन्यौ, जहाँ तिम्रो नाम छ त्यो क्षेत्रलाई छोड्छु भनेर चै कहिल्यै पनि नहिड्नु म जहीले पनि तिम्रो ब्याक सपोर्टमा भैरहने छु । त्यसैले यो क्षेत्र कहीले पनि नछोड भनेर साथ दिइरहेको हुन्छ ।

तर मैले भने बिहेपछि पनि नायीकानै भएर हिड्न चै मलाई मन छैन । बरु अरु काम गर्छु भनेको छु । यही कात्तिकमा म एक्लैले आफ्नै फिल्म बनाउँदैछु । त्यसमा पनि उसको एकदम राम्रो साथ सपोर्ट पाईरहेको छु ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट