मन्त्री हेरफेर : प्रधानमन्त्री देउवा र प्रचण्डले नै अल्मलाए माधवलाई-Sutra News

मन्त्री हेरफेर : प्रधानमन्त्री देउवा र प्रचण्डले नै अल्मलाए माधवलाई

आइतबार, १२ असार २०७९

आइतबार, १२ असार २०७९

काठमाडौं – नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्रीहरु हेरफेर गर्ने निर्णय अलपत्र पर्दै आइरहेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिदा पनि वास्ता नगरेको जस्तो देखिन्छ ।



अध्यक्ष नेपालसहितका नेताहरुले आफ्नो पार्टीले सिफारिस गरेका नयाँ मन्त्रीहरुलाई तत्काल सपथ गराउन प्रधानमन्त्री देउवासँग आग्रह पनि गरिरहेका छन् । अब पनि देउवाले मन्त्रीहरु नियुक्त नगरे नपर्खिने नेकपा एकीकृत समाजवादीको प्रष्ट लाइन छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब प्रधानमन्त्रीलाई पर्खन नसकिने पनि बताए । उनले भने – ‘आजसमम्म हामीले जति प्रधानमन्त्रीलाई पर्खियौं । पुष्पकमल दाहाल प्रचण्डलाई पर्खियौं, तत्काल हाम्रा काम पूरा गर्नुहोस् नयाँ मन्त्री सपथ ग्रहण गराउनुहोस्, अब ढिलो गर्नुभयो भने तपाईहरुले हामीलाई गरेको अपमान हो भन्ने सम्झिन्छौं ।’

त्यति मात्र नभई उनले एक कार्यक्रममा मन्त्री हेरफेरमा प्रधानमन्त्री देउवा र प्रचण्ड नै बाधक बनेको आरोप लगाए । उनले भने – ‘मन्त्री हेरफेरमा हाम्रातर्फबाट कुनै समस्या छैन । सचिवालयको निर्णय स्थायी समिति र केन्द्रीय कमिटीले अनुमोदन गरेका छन् । यसमा प्रधानमन्त्री र प्रचण्ड नै बाधक हुनुहुन्छ । अब कांग्रेस सभापति र माओवादी अध्यक्षले अलमल्याउनु हुँदैन । सपथग्रहण गराउनुपर्छ ।’

प्रवक्ता समेत रहेका खतिवडाले प्रधानमन्त्री देउवा र प्रचण्डले पार्टीभित्र खेल्न खोजको पनि आरोप लगाएका छन् । गएको जेठ २२ गतेको पार्टीको बैठकले नै मन्त्री फेरबदल गर्ने निर्णय गर्दै नयाँ मन्त्रीको नाम समेत प्रधानमन्त्री देउवालाई बुझाएको थियो ।

तर गठबन्धनको बैठकमा अध्यक्ष नेपालले यस बारे कुरा राख्दा देउवाले कुनै कुरा गरेनन् । बजेट स्वीकृतपछि मन्त्री हेरफेर गर्ने कुरा भएको थियो । तर बजेट स्वीकृतपछि पनि यो प्रक्रिया अघि नबढ्दा एकीकृत समाजवादीका नेताहरु असन्तुष्ट भइरहेका छन् । नेताहरुले आफ्नै पार्टीका अध्यक्ष नेपाललाई मन्त्री हेरफेरको लागि दबाब पनि दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट