काठमाडौँ उपत्यकामा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

काठमाडौँ उपत्यकामा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार, २५ माघ २०७८

मंगलबार, २५ माघ २०७८

काठमाडौं उपत्यकामा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४ सय ५१ जनामा कोरोना पुष्टि भएको हो।



जसमध्ये काठमाडौंमा ३ सय ३८, ललितपुरमा ७० र भक्तपुरमा ४३ जना संक्रमित थपिएका हुन्।

यो सँगै उपत्यकामा १६ हजार ८ सय २९ सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै ८ हजार ९ सय ४२, ललितपुरमा ५ हजार २ सय ८३ र भक्तपुरमा २ हजार ६ सय ४ जना सक्रिय संक्रमित छन्।

यस्तै देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ५७ जनामा कोरोना पुष्टि भएको छ । १२ हजार ६९२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

मन्त्रालयका अनुसार ८५८७ पिसिआर परीक्षणबाट ११८४ र ४१०५ एन्टिजेन परीक्षणबाट ७७३ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ५१०३ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा ११ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट