प्रदेश १ मा ५३३ जनामा कोरोना पुष्टि-Sutra News

प्रदेश १ मा ५३३ जनामा कोरोना पुष्टि

मंगलबार, १८ माघ २०७८

मंगलबार, १८ माघ २०७८

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३२ जनामा सङ्क्रमण देखिएको हो ।



मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा १३१, झापामा ६५, सुनसरीमा ५३, धनकुटामा सात, उदयपुरमा ६, भोजपुर र इलाममा तीन÷तीन, तेह्रथुममा दुई, सङ्खुवासभा र पाँचथरमा एक÷एक तथा प्रदेश बाहिरका २९ जनामा कोरोना देखिएको हो ।

मोरङको विराटनगरमा ९७, बेलबारीमा सात, पथरीशनिश्चरेमा पाँच, उर्लाबारी र सुन्दरहरैचामा चार÷चार, मिक्लाजुङमा तीन, कटहरी, जहदा र स्थानीय तह नखुलेका दुई÷दुई, कानेपोखरी, सुनवर्षी, ग्रामथान, रङ्गेली र बूढीगङ्गामा एक÷एक, झापाको दमकमा १४, विर्तामोडमा १२, भद्रपुरमा १०, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा पाँच÷पाँच, कनकाई र बुद्धशान्तिमा चार÷चार, मेचीनगरमा तीन, गौरीगञ्ज, शिवसताक्षी र स्थानीय तह नखुलेका एक÷एक जनामा सङ्क्रमण देखिएको छ ।

यसैगरी सुनसरीको इटहरीमा १८, धरानमा १२, दुहवी र बर्जुमा तीन÷तीन, इनरुवा, गढी र देवानगञ्जमा दुई÷दुई, रामधुनी र कोशी गाउँपालिकामा एक÷एक र स्थानीय तह नखुलेका नौ, धनकुटाको धनकुटा नगरपालिकामा चार, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेका एक÷एक, उदयपुरको कटारी र त्रियुगामा दुई÷दुई, चौदण्डीगढी र बेलकामा एक÷एक, भोजपुरको भोजपुर नगरपालिकामा दुई र टेम्केमैयुङमा एक, इलामको इलाम नगरपालिका, रोङ र फाकफोकथुममा एक÷एक, तेह्रथुमको छथर र मेन्छेयायेममा एक÷एक, सङ्खुवासभाको धर्मदेवी र पाँचथरको फिदिममा  एक÷एक तथा प्रदेश बाहिरका २९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशमा ७७२ जना कोरोनाबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई महिला र एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार २४३ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट