आयल निगमको कार्यकारी निर्देशकका लागि विज्ञापन खुल्यो, यी योग्यताहरु हुनैपर्ने-Sutra News

आयल निगमको कार्यकारी निर्देशकका लागि विज्ञापन खुल्यो, यी योग्यताहरु हुनैपर्ने

आइतबार, २५ पौस २०७८

आइतबार, २५ पौस २०७८

काठमाडौँ । नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ ।



कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी इच्छुक व्यक्तिलाई २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ ।

२०७५ साल पुसमा नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्त भएका सुरेन्द्र तीन वर्षे सेवा अवधि पूरा गरी बाहिरिएपछि हाल यो पद रिक्त रहेको छ ।

सो पदमा दरखास्त दिनका लागि प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा पाँच वर्षको अनुभव हुनुपर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट