एमालेको बन्दसत्र बिहान १० बजे, अध्यक्ष ओलीसहित विदेशी पाहुनाले सम्बोधन गर्ने-Sutra News

एमालेको बन्दसत्र बिहान १० बजे, अध्यक्ष ओलीसहित विदेशी पाहुनाले सम्बोधन गर्ने

शनिबार, ११ मंसिर २०७८

शनिबार, ११ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेको दसौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बन्दसत्र सुरु हुने भएको छ । महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो ।



एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार बन्दसत्र आज बिहान दश बजे सुरु हुने भएको छ । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ,’ भट्टराईले केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग भने ।

एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेताहरु आएका छन् । बन्दसत्रमा आउने प्रतिनिधिलाई एमालेले आवास तथा भोजनको व्यवस्था गरेको छ । बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशन आइतबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट