विज्ञप्ति जारी गरेपछि जबरामाथि बारको थप दबाब : राजीनामा चाहिन्छ, वार्ता गर्दैनौं  -Sutra News

विज्ञप्ति जारी गरेपछि जबरामाथि बारको थप दबाब : राजीनामा चाहिन्छ, वार्ता गर्दैनौं  

सोमबार, २९ कार्तिक २०७८

सोमबार, २९ कार्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो राजीनामा मागिएपछि पहिलोपटक विज्ञप्तिमार्फत आफ्नो बचाउ गरेपछि नेपाल बार एसोसियसनले जबरासँग थप वार्ता नहुने बताएको छ ।



बारका कानून व्यवसायीहरूले जबरालाई विचौलियाको नाइके भएको टिप्पणी गरेका छन् ।

प्रधानन्यायाधीशले जारी गरेको वक्तव्य पछि कानुन व्यवसायीहरुले राणालाई विचौलियाको नाइके भएको आरोप लगाएका हुन् ।

“प्रधानन्यायाधीशज्यू, तपाईंको वक्तव्य पढ्यौं, तपाईं विचौलियाको नाइके भइसक्नुभयो,” अधिवक्ता रूद्रप्रसाद नेपालले भने, “भ्रष्टाचारको सिरोमणि भइसक्नुभएको छ। तपाइसँग वार्ता हुँदैन ।”

प्रधानन्यायाधीश राणाले आज एक वक्तब्य जारी गर्दै राजीनामा नदिने भन्दै वार्ताका लागि आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट