प्रदेश १ का मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने-Sutra News

प्रदेश १ का मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने

आइतबार, २८ कार्तिक २०७८

आइतबार, २८ कार्तिक २०७८

काठमाडौँ । प्रदेश १ का नवनिर्वाचित मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी मंगलबार विश्वासको मत लिने भएका छन् ।



विश्वासको मत लिनका लागि प्रदेश सभाको सचिवालयमा प्रस्ताव गराइसकेका छन् ।

उनले विश्वासको मत लिएपछि गठबन्धनको सहमतिमै मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् ।

उनी पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री भएका थिए ।

यसअघिका मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट