देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्छ- केपी ओली-Sutra News

देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्छ- केपी ओली

मंगलबार, ९ कार्तिक २०७८

मंगलबार, ९ कार्तिक २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका पाँच न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।



मंगलबार अधिवेशनलाई उद्धाटन गर्दै ओलीले देशको न्याय क्षेत्र बचाउनका लागि न्यायाधीशहरुले राजीनामा गर्नुपर्ने बताएका हुन् ।

उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विवादमा परेको उल्लेख गर्दौ उनले राजीनामाको कुरा अगाडी सारेका हुन् ।

उनले चोलेन्द्रले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै उनी विवादमा परेको बताए । ‘परमादेश जारी ५ जना न्यायाधीश मिलेर जारी गरेका थिए, अब सबैले राजीनामा दिए हुन्छ ।’ ओलीले भने ।

कार्यक्रममा बोल्दै  ओलीले अहिलेको सरकारलाई पञ्चरंगीको संज्ञा दिए ।  उनले पाकिस्तानी शैलीमा परादेशबाट सरकार गठन भएको बताए । एमालेबाहेकका सबै शक्ति एकै ठाउँ हुँदा पनि विकास हुन नसकेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट