एकदिवसीय क्रिकेट: नेपालले पायो १ सय ३५ रनको लक्ष्य- सन्दीप एक्लैले लिए ४ विकेट-Sutra News

एकदिवसीय क्रिकेट: नेपालले पायो १ सय ३५ रनको लक्ष्य- सन्दीप एक्लैले लिए ४ विकेट

मंगलबार, २२ भाद्र २०७८

मंगलबार, २२ भाद्र २०७८

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा पपुवा न्युगिनीले नेपाललाई एक सय ३५ रनको लक्ष्य दिएको छ  । 



ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पपुवा न्युगिनी ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रनमा समेटिएको हो ।

पपुवा न्युगिनीका लेगा सियकाले ३८ बलमा ३० रन बनाए । कार्लेस अमिनीले २३ र गाउदी टोकाले २२ रन बनाएका थिए । 

लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिएका छन् । दोस्रो खेल शुक्रबार हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग खेल्न लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट