प्रचण्डमाथि खनिए ओली – सरकार बल्ल बनेको छ, आगो हुँ भन्दै मलाई धम्की दिने ?-Sutra News

प्रचण्डमाथि खनिए ओली – सरकार बल्ल बनेको छ, आगो हुँ भन्दै मलाई धम्की दिने ?

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देशमा डढेलो लगाएको आरोप लगाएका छन् ।



प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले प्रचण्डले लगाएको डढेलो आफूले एकदुई बाल्टीले निभाएकोसमेत बताए ।

‘यही रोष्ट्रममा उभिएर सत्तापक्षीय दलका एउटा नेताले म आगो हुँ, मसँग नखेल भन्नुभयो । उहाँ आगो हुनुहुन्छ, डढेलो लगाउनुहुन्छ । एक दुई बाल्टीले हामीले निभाएका छौं,’ ओलीले भने ।  

ओलीले आफूहरूलाई धम्कीसमेत आएको बताए । ‘धम्की दिने ? सरकार बल्ल बन्दैछ बाबा, म आगो हुँ, मसँग नखेल भन्ने,’ ओलीले प्रश्न गरे, ‘प्रतिपक्षीलाई धम्क्याएर राष्ट्रिय सहमति हुन्छ ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट