असाधारण तरिकाले फेरि प्रधानमन्त्री हुने ओलीको दाबी-Sutra News

असाधारण तरिकाले फेरि प्रधानमन्त्री हुने ओलीको दाबी

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुन नजन्मिएको तर काम गर्दागर्दै प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन् ।



प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक प्रतिनिधि सभामा बोल्दै ओलीले भने, ‘म प्रधानमन्त्री हुन जन्मिएको थिइन, काम गर्दा गर्दै प्रधानमन्त्री भएँ ।’

उनले आफू फेरि प्रधानमन्त्री हुने दाबीसमेत गरेका छन् । ‘६४ वर्षसम्म त म प्रधानमन्त्री भएको थिइन, भएँ । म झ्याल, जस्केला, छिंडीबाट होइन, मूल ढोकाबाट आउनेछु । फेरि पनि सुनिराख्नु भए हुन्छ । असाधारण तरिकाले फेरि पनि आउँछु ।’

उनले आफूलाई कुनै ग्रह दशा राम्रो भएर प्रधानमन्त्री नभएको बताएका छन् । ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन, मेरो कामले भएको हो,’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट