सत्ता गठबन्धनलाई दशैं आयो, केटाकेटी झैं आँगनमा नाचे – ओली-Sutra News

सत्ता गठबन्धनलाई दशैं आयो, केटाकेटी झैं आँगनमा नाचे – ओली

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षीय गठबन्धनमा दशैं आएको टिप्पणी गरेका छन् ।



मंगलवार प्रतिनिधि सभामा बोल्दै ओलीले सामान्य ढंगबाट सरकार परिवर्तन भएको र सत्तापक्षीय गठबन्धनका नेताहरू केटाकेटीझैं आँगनमा नाचेको जस्तो देखिएको बताएका हुन् ।

‘असामान्य ढंगले सरकार परिवर्तन भएकैले होला, सत्तापक्षीय गठबन्धनका मित्रहरू दशैं आएजस्तो केटाकेटी आँगनमा नाचेको जस्तो देखियो,’ सम्बोधनका क्रममा ओलीले भने, ‘एकमहिना केही नगरेको हुनाले धन्यवाद र बधाइ खुब चल्यो ।’

उनले सरकारमा विकृत क्रियाकलाप भइरहेको समेत आरोप लगाए ।

सर्वोच्चको आदेशले सत्ताच्यूत भएका ओली प्रमुख प्रतिपक्षी दलको नेता भएपछि पहिलोपटक संसदमा सम्बोधन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट