एमालेको स्थायी कमिटी बैठक सुरु, वामदेव गौतम पनि सहभागी-Sutra News

एमालेको स्थायी कमिटी बैठक सुरु, वामदेव गौतम पनि सहभागी

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ ।



दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा जारी बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन् ।

यसअघि आइतबारका लागि तय भएको बैठक स्थगित गरेर सोमबारका लाग तय गरिएको हो ।

बैठक स्थगित गरेर आइतबार दिनभर नेताहरुबीच पार्टी एकतालगायतका विषयमा आन्तरिक छलफल भएको थियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट