देउवाप्रति पौडेलको टिप्पणी- सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन्-Sutra News

देउवाप्रति पौडेलको टिप्पणी- सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन्

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति लक्षित गर्दै असफल व्यक्तिहरु नै बारम्बार सत्ता सम्हाल्न पुगेको टिप्पणी गरेका छन् ।



सोमबार सामाजिक सञ्जालमा पौडेलले लेखेका छन् ‘यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन् ।’

पौडेलले वर्तमान नेतृत्वले कांग्रेस पार्टीलाई निर्वाचन आयोगसँग भिख माग्ने अवस्थामा नपुर्याएको आरोप लगाएका छन् । पौडेलले पार्टीलाई निरिह अवस्थामा पुर्याउने नेतृत्वको चरम असफलता र लापरबाही यो भन्दा के हुन्छ भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन् ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ । यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट