सञ्चारकर्मी कृष्ण आचार्यको ‘ब्लु डायरी’ आउँदै-Sutra News

सञ्चारकर्मी कृष्ण आचार्यको ‘ब्लु डायरी’ आउँदै

आइतबार, २४ साउन २०७८

आइतबार, २४ साउन २०७८

काठमाडौं- युवा लेखक तथा सञ्चारकर्मी कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ प्रकाशित भएको छ ।



उपन्यास ‘ब्लु डायरी’ बजारमा छिट्टै आउने जानकारी दिँदै आचार्यले सामाजिक सञ्जालमार्फत उपन्यासको कभर सार्वजनिक गरेका हुन् ।

आचार्यले ब्लु डायरीमा प्रेमलाई फरक तरिकाबाट प्रस्तुत गरेका छन् । उपन्यासमा प्रेम जीवनसँग कसरी जोडिन्छ ? प्रेमले कसरी सफलताको मार्गनिर्देशन गर्छ ? व्यवसायिक कुरा, युवाको संघर्ष र सफलता लगाएतका विषयवस्तुहरुलाई पनि समेटेको आचार्यले बताए ।

आचार्यले आगामी भदौ दाेस्रो हप्तासम्म उपन्यास बजारमा ल्याउने तयारी गरेका छन् । इन्जिनियर्स पोष्ट डटकमको सम्पादकसमेत रहेका आचार्यले यसअघि पहिलो उपन्यास ‘अप्रिल फुल’ बजारमा ल्याइसकेको छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट