पार्टी एकताबारे सूर्य थापाले गरे यस्तो खुलासा-Sutra News

पार्टी एकताबारे सूर्य थापाले गरे यस्तो खुलासा

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको पक्षले सरकारमा नजाने र पार्टी एकतामा ध्यान दिने बताइरहेका बेला अध्यक्ष केपी शर्मा ओली पक्षका नेता सूर्य थापाले फेरि कटाक्ष गरेका छन् ।



उखानटुक्कामार्फत व्यंग्य गर्दै एमाले केन्द्रीय सदस्य थापाले मन्त्री बन्न तम्तयार भइसकेका नेपाल पक्षका नेताहरूको जीवन जोगाइदिन अध्यक्ष ओलीले माफी माग्नुपर्ने माग गरिएको भनेर टिप्पणी गरेका हुन् ।

शुक्रबार नेता नेपालले पार्टी एकताका लागि अध्यक्ष ओलीले आफूले गरेका गल्तीबापत सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका थिए ।

”कोही कसैले देउवा सरकारमा सहभागी नहुने भनेपछि एक बारको जुनीमा मन्त्री हुनै नपाएर आत्महत्या गर्नेहरूको सूचीमा कोको परेछन् होलान्,” शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत थापाले व्यंग्य गरेका छन्, ”नखाऊँ भने दिनभरिको सिकार,खाऊँ भने काकाबाउको अनुहार’ जस्तो पो हुनेभयो कि ? अध्यक्ष केपी शर्मा ओलीले माफी मागेर तिनको जीवन बचाइदिनुपर्यो रे !”

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट