यी हुन् माओवादी बैठकका निर्णयहरू-Sutra News

यी हुन् माओवादी बैठकका निर्णयहरू

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रले सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलले बनाएको साझा कार्यक्रम सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।



पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकले कार्यदललाई साझा कार्यक्रम तयार गरेकोप्रति बैठकले धन्यवाद दिदै सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले साझा कार्यक्रमका बारेमा जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बैठकले संविधान तथा कानुनका आधारमा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अबिलम्ब उच्चस्तरीय आयोग गठबन्धन गर्न पनि सरकारसँग अनुरोध गर्ने निर्णय गरेको श्रेष्ठले बताए ।

बैठकले लुम्बिनी प्रदेशका सांसद विमला वलीको अपहरणका विषयमा ध्यानाकर्षण भएको भन्दै बैठकले घोर निन्दा गर्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।

उक्त प्रकरण लोकतन्त्र, राजनीतिक, मानवअधिकार र व्यक्तिको स्वतन्त्रतामाथि लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण भएको ठहर गर्दै घटनाको निन्दा गरिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । गठबन्धन सहभागी दलहरु पाउने मन्त्रालयको टुङ्गो भएपछि मात्र मन्त्री बन्नेको चयन गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट