एमाले ओली पक्षले भन्यो- एकताको नाममा पार्टीका गतिविधि रोक्न सकिदैन-Sutra News

एमाले ओली पक्षले भन्यो- एकताको नाममा पार्टीका गतिविधि रोक्न सकिदैन

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

काठमाडौं- नेकपा (एमाले) केपी ओली पक्षले एकताको नाममा पार्टीका गतिविधि रोक्न नसकिने स्पष्ट पारेको छ ।



विधान संशोधनमा समेट्नु पर्ने विषयबारे छलफल गर्न अध्यक्ष ओलीले बोलाएको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको नियमित काम चल्ने र एकताका लागि कुनै गतिविधि नरोकिने बताएका हुन् । उनले पार्टी गतिविधि रोक्न आएका सुझाव पार्टीको हित बिपरित रहेको जिकिर गरे ।

उनले स्थानीय तहको चुनाव नजिक आइरहेको, पार्टी महाधिवेशन गर्नुपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने धारणा राखे ।

ज्ञवालीले सत्ता पक्ष आक्रामक रूपमा अघि बढेकाले प्रमुख प्रतिपक्षी आफ्ना काम रोकेर बस्न नसक्ने स्पष्ट पारे ।

उनले विधान संशोधनमा समेट्नुपर्ने विषयमा स्थायी कमिटीका सदस्य, प्रदेशका नेताहरू, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समितिका सदस्यहरूसँग छलफल भएको बताए ।

विधान संशोधनको प्रस्ताव तयार भएपछि सबै तहमा अध्ययनका लागि पठाइने एमालेको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट