कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक-Sutra News

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । साउन २८ गते दिउँसो २ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



उनका अनुसार बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्ताव प्रस्तुत हुनेछ । भदौ १६-१९ सम्मलाई तोकिएको महाधिवेशन कार्यतालिका अनुसार महाधिवेशन नहुने होकी भन्ने शंका पार्टीभित्रैबाट उठ्न थालेको छ ।

congress.jpg

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै महाधिवेशन हुनुपर्ने दबाब दिदै आएका छन् भने संस्थापन समूहले सकेसम्म तोकिएकै मितिमा महाधिवेशन गर्ने नभए सार्ने रणनीति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट