सरकारले प्रस्ताव गरेको न्यूनतम साझा कार्यक्रमप्रति थापाको आपत्ति, प्रदेशतह खारेज गर्न माग-Sutra News

सरकारले प्रस्ताव गरेको न्यूनतम साझा कार्यक्रमप्रति थापाको आपत्ति, प्रदेशतह खारेज गर्न माग

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सरकारले प्रस्ताव गरेको न्युनतम साझा कार्यक्रमप्रति असन्तुष्टि जनाएका छन् ।



उनले सरकारको प्रस्तावित साझा न्युनतम कार्यक्रममा ‘स्थानीयतहलाई प्रदेश सरकार मातहत ल्याउने’ विषय समावेश हुनु गलत र आपत्तिजनक भएको बताएका छन् ।

शुक्रबार सामाजीक संजालमा लेख्दै उनले भनेका छन्, ‘सरकारको प्रस्तावित साझा न्युनतम कार्यक्रममा ‘स्थानीयतहलाई प्रदेश सरकार मातहत ल्याउने’ विषय समावेश हुनु गलत र आपत्तिजनक छ।वास्तवमा राष्ट्रकोलागि बोझ बनेको र अनावश्यक ‘प्रदेशतह’ खारेज गरी स्थानीयतहलाई अझ बढी साधनश्रोत र अधिकार सम्पन्न तुल्याउनु अहिले आवश्यकतालहो । सुदृढ स्थानीय स्वायत्त शासन प्रजातन्त्रको मेरुदण्ड हो।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट