ओलीसँग एकताको सम्भावना नरहेको माधव पक्षका नेताहरुको निश्कर्ष-Sutra News

ओलीसँग एकताको सम्भावना नरहेको माधव पक्षका नेताहरुको निश्कर्ष

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल समूहका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग एकताको सम्भावना कम रहेको निष्कर्श निकालेका छन् ।



शुक्रबार केन्द्रीय समितिको बैठकपछि बसेको स्थायी कमिटीको बैठकमा नेताहरुले केपी ओली एकताको पक्षमा नरहेको भन्दै उनीसँग पार्टी एकताको सम्भावना कम रहेको बताएका हुन् ।

माधव समूहले कार्यदलले तयार पारेको १० बुँदे पत्रमा आफूहरु सहमत नभएको जनाएका छन् ।

माधव नेपाल पक्षले सम्मानजनक एमालेमा उपस्थिति खोजेको छ तर तत्काल त्यो ओलीबाट सम्भव छैन ।

माधव पक्षका नेताहरुले सरकारलाई भन्दा आफ्नो पार्टीलाई अगाडी राखेर काम गरेको बताएका छन् ।

पाल समूहको केन्द्रीय कमिटी बैठकले सरकारमा पनि नजाने र नयाँ पार्टी पनि नखोल्ने निष्कर्ष निकालेको छ ।

शुक्रवार बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग नेता सोमप्रसाद पाण्डेले भने – ‘पार्टी विभाजनको तयारी पनि छैन, र नयाँ पार्टी खोल्ने अवस्था पनि छैन । अहिले हामी एकताकै पक्षमा जोडबल गरिरहेका छौं । कानूनी समस्याका कारण हामी सरकारमा जाने स्थिति पनि बनेको छैन ।’

बिहीवार र शुक्रवार गरी दुई दिन लगातार बसेको केन्द्रीय कमिटीको बैठकमा ५५ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए ।

सबै केन्द्रीय सदस्यहरूले पार्टीमा सम्मानजनक एकता हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट