ज्योति लाइफद्वारा बीमितको घरमै गई कोरोनाका कारण भएको मृत्युको दाबी भुक्तानी-Sutra News

ज्योति लाइफद्वारा बीमितको घरमै गई कोरोनाका कारण भएको मृत्युको दाबी भुक्तानी

बिहिबार, ७ साउन २०७८

बिहिबार, ७ साउन २०७८

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले कोभिड १९ को कारण मृत्यु भएका पाँगा निवासी श्री श्रीकृष्ण महर्जन की श्रीमतीलाई घरमै गई दावी भुक्तानी गरेको छ ।



ज्योति लाईफ इन्स्योरेन्समा ज्योति थ्रि ट्वेन्टी धन बहार जीवन योजना अन्तर्गतको बीमालेख शुरु गरेका श्री श्रीकृष्ण महर्जनको मिति २०७८/०२/०१ मा कोरोना संक्रमणको कारण मृत्यु भएको ब्यहोरा उल्लेख गरी बीमितले इच्छाएको व्याक्ति निजको श्रीमती रजिसा महर्जनले यस बीमालेख अन्र्तगत दावी भुक्तानीको लागी आवश्यक कागजातहरु संलग्न गरी निवेदन पेश गरेकी थिइन् ।

कम्पनीले आफ्नो दावी प्रक्रियाको सम्पूर्ण कारवाही सम्पन्न गरी किर्तिपुर शाखा प्रमूख शान्ता रिजालले महर्जनलाई उनको घरमै पुगी शर्त बमोजिम बीमाङ्क रकम बापत २० लाख दावी भुक्तानी हस्तान्तरण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट