साहित्यकार तेराखको निधन-Sutra News

साहित्यकार तेराखको निधन

बुधबार, १६ असार २०७८

बुधबार, १६ असार २०७८

झापा- मेचीनगर नगरपालिका वडा नं.९ निवासी प्रगतिशील साहित्यकार तेजराज खतिवडा (तेराख) को आज ७८ वर्षको उमेरमा निधन भएको छ ।



श्वास प्रश्वास, फोक्सो र ढाडको समस्या भएपछि उपचारका लागि उनलाई विराटनगरको विराट नर्सिङ होममा तीन दिन अघि भर्ना गरिएको थियो ।

उपचारको क्रममै उनको आज अपरान्ह निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाली साहित्यमा प्रगतिशील स्रष्टाको रुपमा परिचित उनको ‘सर्वजा’ सबैभन्दा प्रख्यात उपन्यास हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट