वरिष्ठ कवि वैरागी काइँलाको स्वास्थ्यमा सुधार-Sutra News

वरिष्ठ कवि वैरागी काइँलाको स्वास्थ्यमा सुधार

आइतबार, १३ असार २०७८

आइतबार, १३ असार २०७८

काठमाडौं- नेपाली साहित्यका वरिष्ठ कवि वैरागी काइँला अस्पताल भर्ना भएका छन् । चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका कविको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको अस्पतालले जनाएको छ ।



सुकेधारामा रहेकाे घरमा बस्दै आएका काइँला बिहीबार साँझ बेहोस भएका थिए । काइँलाको स्वास्थ्य अवस्थाबारे चासो राख्दै नेपाल प्रज्ञा प्रतिष्ठानले स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा.जगमान गुरुङ र सदस्यसचिव प्रा.जगतप्रसाद उपाध्यायले विज्ञप्ति जारी गरी उक्त कामना गरेका हुन् । काइँला प्रतिष्ठानका पूर्वकुलपति समेत हुन् ।

काँइला नेपाली साहित्यमा आयामेली अभियानका हस्ती एवम् मुन्धुम दर्शनका व्याख्याता हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट