कोरोना अपडेट- नेपालमा २ महिना यताकै कम संख्यामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु-Sutra News

कोरोना अपडेट- नेपालमा २ महिना यताकै कम संख्यामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु

सोमबार, ७ असार २०७८

सोमबार, ७ असार २०७८

काठमाडौं । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ४९ हजार ९४८ पुगेको छ ।



सोही अवधिमा देशभर ३ हजार १३० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ५९ हजार ९२८ पुगेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४६ संक्रमितको मृत्यु भएको छ ।कोरोना भाइरसबाट हालसम्म नेपालमा ८ हजार ७७२ ले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट