एटिएम मेशिन फोड्न खोज्ने एक युवक पक्राउ-Sutra News

एटिएम मेशिन फोड्न खोज्ने एक युवक पक्राउ

मंगलबार, २५ जेष्ठ २०७८

मंगलबार, २५ जेष्ठ २०७८

गएराति उदयपुरको सदरमुकाम गाईघाट बजारमा रहेको नोविल बैंकको एटिएम मेशिन बक्स फुटाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार गएराति एक युवकले बैँकभित्र प्रवेश गरेर एटिएम मेसिनमा हम्बरले हानेर फुटाउने क्रममा बैंकका गार्डले थाहा पाएपछि मेनेजरलाई खबर गरेका थिए ।



मेनेजरले तत्काल प्रहरीमा खबर गरेपछि प्रहरी आइपुग्दा उक्त युवा भागेर बजारतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले घेरा हालेर पक्राउ गरेको जिल्लाका प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी दिए । पक्राउ गरिएका युवा भारत घर बताउने गरेको र उदयपुरको गाईघाट बजारकै एक फर्निचर उद्योगमा काम गर्ने २१ वर्षीय युवा भएको प्रहरीले बताएको छ । पक्राउ गरिएका युवाले बैंकको एटिएम फोरेर कति रकम लगे र त्यसमा को–को सङ्लग्न थिए भनेर प्रहरीले पक्राउ गरिएका युवालाई अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट