

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम ‘विविध’ पक्राउ परेका छन् ।
उनी कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर गोविन्दबहादुर बटाला भने पक्राउपछि रिहा भएका थिए ।
प्रहरीका अनुसार खामलाई रामहरि हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् ।
सुरक्षा विभागको नेतृत्वमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा छन् । उनी पूर्व सभामुखसमेत हुन् ।