पाँचथरमा पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु-Sutra News

पाँचथरमा पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु

मंगलबार, २५ जेष्ठ २०७८

मंगलबार, २५ जेष्ठ २०७८

मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् ।



थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप  हिलिहाङ–६ टाहारी नजिकै अनियन्त्रित भई आज बिहान  पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट